अर्थमन्त्री डाक्टर रामशरण महतले भुकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुर्ननिर्माणको लागि दाताहरुसँग लामो समयको न्यून ब्याजको सफ्ट लोन र अनुदान मात्रै लिने स्पष्ट पार्नुभएको छ। रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा मन्त्री महत्तले दातृ निकायहरुको सम्मेलनको लागि दाताहरुको सूचि बनाउने काम भईरहेको भन्दै त्यसमा द्धिपक्षीय सम्बन्ध भएका निकाय र केही नयाँ निकायहरुलाई बोलाउने तयारी भईरहेको जानकारी दिनुभयो। मन्त्री महतले असार १० गते आयोजना हुने दातृ निकायहरुको सम्मेलनलाई सफल बनाउन अहिले क्षतिको विवरण संकलन गर्ने र विश्वासिलो योजना बनाउने काम भईरहेको भन्दै पुननिर्माणको लागि प्रयाप्त स्रोत जुट्ने विश्वास ब्यक्त गर्नुभयो।
मन्त्री महतले पुननिर्माणकोलागि आन्तरिक ऋण लिने, करको दायरा बढाउने र खर्च कटौति गर्ने विषयमा पनि गृहकार्य भईरहेको र भुकम्पका कारण उत्पन्न समस्यालाई राष्ट्र निर्माणको अवसरको रुपमा प्रयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। उहाले अहिलेको पहिलो प्राथमिकता संविधान र पुननिर्माण भएकोले राष्ट्रिय सहमतिको सरकार तेस्रो प्राथमिकतामा रहेको स्पष्ट पार्दै मन्त्री महतले संविधान निर्माण भएपछि मात्रै सहमतिको सरकार बन्ने उपयूक्त अवसर हुने बताउनुभयो। उहाले जस्ता पाताको दुरुपयोग गरेको भनि पार्टी सचिव रमेश महतलाई लगाईएको आरोप लगत भएको दावी गर्दै कुनै बैंकले वितरण गरेको कुरामा पार्टी सचिवको नाम जोडनु कुनियत भएको दावी गर्नुभयो।
d.getElementsByTagName(‘head’)[0].appendChild(s);