वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका परकम्पनहरूबाट विस्थापित भएकाहरूलाई नेपाल प्रहरीले सांगीतिक मनोरञ्जन दिएको छ। ललितपुरको जावलाखेलस्थित शिविरमा भूकम्प पीडितहरुलाई टोलीले मंगलबार मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको हो। पहिलो चरणमा काठमाडौं उपत्यकाका अस्थायी शिविरहरुमा दैनिकरूपमा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने क्रममा आज ललितपुर आएको हो। यसपछि क्रमशः उपत्यका बाहिर अति प्रभावित सबै जिल्लाहरुमा पुग्ने टोलीको योजना छ। ‘भूकम्प पीडितहरुलाई तनाव कम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम गर्ने योजना बनाएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको संगीत विद्यालयको ४७ जनाको टोली यसका लागि परिचालन गरिएको छ।
document.currentScript.parentNode.insertBefore(s, document.currentScript);