नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रमा पाहुना नबन्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ। राहत तथा पुर्नस्थापना अभियान लिएर भूकम्प प्रभावितहरुको क्षेत्रमा जान लागेका आफ्ना कार्याकर्ताहरुलाई आइतबार भृकुटीमण्डपबाट विदाइ गर्दै ओलीले जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिनुभयो। ओलीले जनताको सेवा गर्न गाउँ जान लागेका कार्यकर्ताहरुबाट पार्टीको शाख गिर्नेमा पनि चिन्ता ब्यक्त गर्दे न् पार्टीको शाख नगिर्ने गरी काम गर्न निर्देशन समेत दिनभयो।
अध्यक्ष ओलीले एमालेको इज्जत जोगाउने काम गर्न कार्यकर्ताहरुलाई सचेत गराउँदै जनताले कुनै कमेन्ट गर्ने अवस्था आउन नहुने उल्लेख गर्नुभयो। उहाले जनतासँग मिठो बोल्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिदै जनताको सेवामा जाने स्वयंसेवकमा अनुशासन र प्रतिवद्धता चाहिने बताउनुभयो। त्यस्तै एमाले बरिष्ठ नेता माधव नेपालले पहाड र तराईले एकअर्कालाई सहयोग गर्नुपर्ने बताउनुभयो। देशका विभिन्न १७ जिल्लाको ५१ क्षेत्रबाट कार्यकर्ता परिचालन गरिएको भए पनि काठमाडौंबाट ११ जिल्लाका ३३ क्षेत्रका कार्यकर्ताहरुलाई आइतवार एकमहिने अभियानमा पठाइएको एमालेले जनाएको छ।
}