एकिकृत नेकपा माओवादीले राष्ट्रिय श्रमिक अभियान अन्तरगत प्रभावित जिल्लाहरुमा घर तथा टहरा निर्माणलाई तिव्रता दिएको जनाएको छ। शनिवार पार्टी कार्यालय पेरिस डाडामा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा विभिन्न जिल्लामा डेड लाख श्रमिक स्वयंसेवक खटिएको पार्टी प्रवत्ता दिनानाथ शर्माले जानकारी दिनुभयो।
स्वयंसेवकहरुले अहिले विद्यालय, स्वाथ्य चौकी लगाएतका सार्वजनिक स्थानहरुमा निर्माण तथा पुननिर्माण गरिरहेको प्रवत्ता दिनानाथ शर्माले जानकारी दिनुभयो। स्वयंसेवकहरुले बाटो, खानेपानी र कुला लगाएतका सार्वजनिक संरचना निर्माण गरिरहेको उहाँको भनाई थियो। प्रत्रकार भेटघाटमा बोल्दै प्रवक्ता शर्माले शोकलाई शत्तिमा बदलेर पुननिर्माण जुट्नु पर्ने बताउनु भयो। उहाँले एकिकृत नेकपा माओवादीका विदेशमा रहेको भातृसंगठनहरुले भुकम्प पिडितहरुलाई सहयोग गरिरहेको जानकारी दिनु भयो। प्रवासी नेपालीहरुले ठूलो मात्रामा सहयोग गरिरहेको बताउँदै प्रवत्ता शार्माले त्यो सहयोग दुरुपायोग हुन नहुने बताउनु भयो।
विदेशमा रहेका एकिकृत नेकपा माओवादी सर्मथित नेपालीहरुको संगठन सयुत्त नेपाली मोर्चाका अध्यक्ष सुरेन्द्र भुसालले आफूहरुले भुकम्प प्रभावित जिल्लाहरुमा सहयोग गरिरहेको बताउनु भयो। प्रवासी नेपालीले ठूलो मात्रमा सहयोग गरेको बताउँदै उहाँले त्यो सहयोग पिडित जनतासम्म नपुगेको गुनासो गर्नुभयो। कार्यक्रममा भारतबाट भुकम्प पिडितलाई सहयोग गर्न नेपाल आउनु भएका डाक्टर अंशु मानले भुकम्प पछि प्रभावित जिल्लाका ७५ प्रतिशत जनताहरुमा मनोवैज्ञानिक समस्या देखा परेको जानकारी दिनु भयो।
} else {