नेपाल भुकम्पीय दृष्टिकोणले सधै जोखिम भएकाले सरकारले निति बनाएर जोखिम न्युनिकरका कार्यक्रम अगाडि बढाउनु पर्ने विज्ञहरुले बताएका छन्। २२ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा शुक्रबार काठमाडौमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले भवन निर्माण मापदण्डलाई कडाईकासाथ लागू गर्नु पर्ने बताएका हुन्।
कार्यक्रममा बोल्दै भुगर्वविद् डाक्टर अनन्त कोइरालाले नेपालका भौतिक संरचनाहरु कमजोर भएकाले भुकम्पको क्षती बढि भएको बताउनु भयो।
कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री राधा ज्ञवालीले राष्ट्र शोकलाई शत्तिमा बदलेर राष्ट्र निर्माणमा लाग्नु पर्ने बताउनु भयो। उहाँले प्रभावित जिल्लामा उद्धार तथा राहात कार्यक्रम प्रभावकारीरुपमा अगाडि बढिरहेको जानकारी गराउँदै सबैलाई रहात र उद्धार कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो। त्यस्तै अखिल नेपाल महिला संघका अध्यक्ष तथा एमाले नेता विद्या भण्डारीले प्रभावित जिल्लामा वर्षा हुनु अगावै अस्थायी तथा स्थायी घरहरु बनाईसक्नु पर्ने बताउनु भयो। उहाले जनतालाई राहत र पुर्नस्थापनाका लागी सबै एक हुनुपर्ने धारणा पनि राख्नुभयो।