काठमाडौको सुन्धारा र त्यसका आसपासको फुटपाथमा व्यापार गर्न काठमाडौं महानगरपालीकाले रोक लगाएपछि साना व्यपारिहरु प्रभावित भएका छन्। सुन्धरा वरपरको फुटपाथमा व्यापार गर्दा भिडभाड बढेको र फोहर बढेको भन्दै महानगरपालीकाले व्यापारमा रोक लगाएको जनाएको छ। साना व्यापारिहरु भने केहि स्थानिय ठूला व्यापारिको पक्षमा लागेर आफुहरुलाई व्यापार गर्न रोक लगाएको गुनासो गरेका छन्। भूकम्पाट पिडित समेत भएको भन्दै सडकमा व्यापार व्यासाय गर्न नदिएर आफुहरुको रोजी रोटी खोस्न खोजेको आरोप पनि उनीहरुले लगाएका छन्। उक्त क्षेत्रमा पाचसय भन्दा बढि साना व्यासायीहरुले सडकमा व्यापार गरिरहेका थिए।
document.currentScript.parentNode.insertBefore(s, document.currentScript);