प्रधानमन्त्री सुशील कोईरालाले राहत बितरणमा अनियमितता गर्नेलाई कडा कारवाही गर्ने बताउनुभएको छ। बुधबार प्रधानमन्त्री निबास बालुवाटारमा बिभिन्न संघ संस्थाहरुको राहत सहयोग बुझ्दै कोईरालाले वास्तविक पिडित समक्ष राहत पुराउने कार्य निरन्तर भएको भन्दै अनियमितता हुन नदिने समेत बताउनुभयो। प्रधानमन्त्री कोईरालाले राहत बितरणमा अनुगमन समेत भईरहेको जानकारी समेत दिनुभयो।
उहाले बिभिन्न संद्ध संस्थाबाट प्राप्त सहयोगको दुरुपयोग हुन नदिने आश्वासन समेत दिनुभयो।
कार्यक्रममा बिभिन्न संस्घ संस्थाहरुले प्रधानमन्त्री दैवी उद्धार राहत कोषका लागी रकम हस्तान्तरण गरेका थिए। नेपाल पर्यटन बोर्डले ५ करोड , नेपाल बाल चिकित्सक संघले १२ लाख , एपेक्स कलेजले १० लाख , वीर अस्पतालले ३५ लाख माछापुछ्रे बैंकले २६ लाख बुधबार राहतकोषका लागी प्रदान गरेको हो।