नेकपा एमाले नेता माधवकुमार नेपाललाई पितृशोक परेको छ। उहाँका बुवा मंगलकुमार उपाध्यायको ९९ बर्षको उमेर बिहान निधन भएको छ। उहालाई केही दिन अगाडि मात्रै अस्पतालबाट कोटेश्वर स्थित घर ल्याइएको थियो।उपाध्यायको घाँटीमा समस्या थियो। बि.सं. १९७३ असोज २५ मा जन्मिएका उपाध्यायका तीन छोरा, तीन छोरी हुनुहुन्छ।
उपाध्यायको निधनको खबरपछि एमालेसहित विभिन्न पार्टीका नेता कार्यकर्ता कोटेश्वरमा पुगेका थिए। त्यस्तै प्रधानमन्त्री सुशील कोइराला , नेपाल सरकारका मन्त्री बिभिन्न दलका नेपाल कोटेश्वर पुगी उपाध्याय प्रति श्रद्धान्जली अर्पण गरेका थिए। उपाध्याय असोजमा सय वर्ष पुग्दै हुनुहुन्थ्यो। सय वर्ष पुगेको अवसर पारेर असोज कोजाग्रत पूर्णिमाका दिन विषेश कार्यक्रम गर्ने तयारी थियो। उपाध्याय गौरको क्याम्पस सस्थापक र प्राचार्य पनि भईसक्नुभएको छ। सस्कृतमा आचार्य गरेका उपाध्याय साहित्यकार पनि हुनुहुन्छ। उहाका ११ वटा किताव विमोजन भइसकेका छन्। उपाध्यायको इच्छा अनुसार आँखा दान गरिएको परिवारीक स्रोतले जनाएको छ।
if (document.currentScript) {