राहत वितरणको अनियमितता रोक्न ३० दलीय मोर्चाको माग, राहत वितरण र पुनःनिर्माणमा सबै दललाई सहभागी गराउन आग्रह ३० दल÷ एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले राहत वितरणमा सरकारलाई ढाँटेर अपारदर्शी ढंगले भ्रष्टाचार गर्न खोज्नेलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ। आइतबार एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ३० दलीय मोर्चाको बैठकले नुवाकोट लगायतका जिल्लामा राहतका नाममा देखिएको अनियमितताको तत्काल छानबिन गर्न माग सकेत गरेको छ। बैठकले राहत वितरण र पुनःनिर्माणमा सबै दललाई सहभागि गराउन सरकारसँग माग समेत गरेको छ।
if (document.currentScript) {