,

२३औँ संस्करणको गोर्खा कपको उपाधि मेनतर्फ नेपाली ड्रिम टिमलाई

Bimala Sene Avatar

अल्डरसट । यस वर्षको गोर्खा कपको उपाधि मेनतर्फ नेपाली ड्रिम टिमले जितेको छ । अल्डरसटको क्विन्स एभिन्यु मैदानमा भएको २३औँ संस्करणको प्रतियोगिताको फाइनल खेलमा गुरुजी इलियटलाई पराजित गर्दै ड्रिमले उपाधि हात पारेको हो ।

उपाधिसँगै नेपाली ड्रिमले ३ हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता गुरुजी इलियटले १ हजार ८०० पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो ।  मेन टिमको वेस्ट म्यानेजर नेपाली ड्रिमका सक्थिम चेम्जोङ, वेस्ट प्लेयरमा नेपाली ड्रिमकै इश्वर गुरुङ तथा टप स्कोरर गुरुजी इलियटका रोबेल नाल्बो घोषित भए ।

भेट्रानतर्फ हिमालयन एफसी विजेता र इन्टेक २००० उपविजेता बने । यसमा विजेताले १ हजार ५०० पाउन्ड र उपविजेताले १ हजार पाउन्डसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरे । भेट्रानतर्फ वेस्ट म्यानेजर हिमालयन एफसीका कुमार थापा, टप स्कोररमा डा. सन्दिप गुरुङ र वेस्ट प्लेयर खुम गुरुङ घोषित भए । 

महिलातर्फ रन्डर बोल्ट एफसी विजेता र तामाङ समाज यूके उपविजेता बने । विजेता र उपविजेताले क्रमशः ६०० र ४०० पाउन्डसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरे । महिलाको वेस्ट प्लेयर गरिमा राई घोषित भइन् । 

विजेता, उपविजेता टिम, खेलाडी र मेनेजरलाई आयोजक तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे, रसमुर बोरो काउन्सिलका मेयर, प्रायोजक, फुटबल खेलाडी सावित्रा भण्डारी साम्बा र गोरख घलेले वितरण गरेका थिए । 

‘फुटबल लेजेन्ड अफ गोर्खा कप’को उपाधि लोकप्रसाद चेम्जोङ धनकुटेले प्राप्त गरेका थिए । यो उपाधि तमु धींले पहिलो पटक प्रदान गरेको हो ।  यस वर्षको गोर्खा कपमा मेनतर्फ ३२, भेटेरानतर्फ १६ र महिलातर्फ दुई गरी ५० टिम सहभागी थिए ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search