लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)यूकेले आफ्नो कार्यालयको औपचारिक उद्घाटन गरेको छ । जातीय संस्थाका अध्यक्षहरु, केन्द्रीय कार्यसमिति र सल्लाहकारहरुको रोहबरमा कार्यालयको उद्घाटन गरिएको हो ।
नेपालीहरुको बाक्लो बस्ती रहेको सहर अल्डरसटको मुख्य बजारमा रहेको ४३ युनियन स्ट्रेडको दोस्रो तल्लामा रहने गरि नेफिनको नयाँ कार्यालय संचालनमा ल्याइएको हो । कार्यालय रिटायर्ड मेजर इन्द्रबहादुर राईले नेफिन यूकेलाइ प्रदान गरेका हुन् । संस्था स्थापनाको १६ वर्षमा नेफिन यूकेले पहिलो पटक आफ्नो कार्यालय स्थापना गरेको हो । नेफिन यूकेमा हालसम्म १४ वटा जातीय संस्थाहरु आवद्ध छन् ।

संस्थाले आफ्नो पाँचौँ नियमित बैठक पनि सोही अवसरमा सम्पन्न ग¥यो । बैठकमा छलफल भई निर्णय भएका एजेन्डाहरुमा सम्पूर्ण आवद्ध जातीय संस्थाहरुबाट अबको कार्यकालका लागि संघीय परिषद् सदस्यहरुको नामावली आह्वान गर्ने, बैङ्क खातामा समस्या भएकाले च्यारिटी संस्थाको रुपमा अथवा सीआइसीमा जाने अर्थात नजाने बारेमा अध्यक्ष रिटायर्ड मेजर योगेश कोयु राईलाई जिम्मा दिइयो । साथै बैठकले वर्षभरीका कार्ययोजना पनि तय गरेको थियो ।

सोही अनुसार २४ मे मा एम्पार हलमा बृहत च्यारिटी डिनर कार्यक्रम गर्ने र त्यसको जिम्मेवारी नेफिन यूकेका सचिव रिटायर्ड मेजर इन्द्रबहदुर राईलाई दिइएको छ । त्यसैगरि महासंघले पहिलो पटक अगस्त ९ र १० मा आदिवासी दिवसकाे अवसरमा बृहत आदिवासी मेला अआयोजना गर्ने पनि निर्णय गरेका छ । अदिवासी दिवसको संयोजक उपाध्यक्ष विमला राईले गर्ने निर्णय गरिएकाे छ ।आदिवासी मेला किरात हाउस गेम्बरल्यान्डमा हुने छ । मेलामा कार्बुट सेल, भलिबल प्रतियोगिता, सांगीतिक मनोरञ्जन लगायतका कार्यक्रम आयोजना हुने छ । कार्यक्रममा नेपालबाट हरेक जातीय संस्थाहरुले आ–आफ्नो समुदायबाट कलाकार ल्याउने पनि बैठकको निर्णमा उल्ल्लेख छ ।

जनजातिहरुको आस्थाको धरोहर मुकुम्लुङमा (पाथिभरा देवी) भइरहेको आन्दोलनमा ऐक्यवद्धता जनाउदै प्रेस विज्ञप्ती जारी गर्ने र सो विज्ञप्ती नेपाली दूतावास मार्फत नेपाल सरकारलाई पठाउने पनि बैठकले निर्णय गरेको छ । साथै मुकुम्लुङ आन्दोलनलाई सहयोग गर्नका लागि आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको छ । बैठकमा किरात राई यायोक्खा यूकेकी अध्यक्ष आशा राई र चुम्लुङ यूकेकी अध्यक्ष कमला लिम्बूले उठाएका सवाललाई मध्यनजर गर्नै जातीय संस्थाहरुमा महासंघको औचित्यको बारेमा अझै पनि सबै सदस्यहरुले नवुझिरहेको अवस्थालाई चिर्नका लागि महासंघले जातीय संस्थाहरुसँग अन्तरक्रिया गरिने बताइएको छ । यसका लागि सबै भन्दा पहिले किरात याक्थुङ चुम्लुङसँग महासंघका नेतृत्वले अन्तरक्रिया गर्ने छ । यसको सहजिकरण सबैभन्दा पहिले चुम्लुङले गर्ने अध्यक्ष कमला लिम्बूले प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा केवाइसी यूकेका नवनिर्वाचित महिला प्रथम अध्यक्ष कमला लिम्बूलाई स्वागत सम्मान गरिएको थियो । त्यसै गरि किरात यायोक्खाका दोस्रो महिला अध्यक्ष आशा राईलाई पनि नेफिन यूकेले सम्मान गरेको थियो । शान्ति समाज नेपाल स्रस्टा सम्मान पुरस्कारबाट सम्मानीत पूर्व वरिष्ठ उपाध्यक्ष लीला सेलिङ माबोलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो भने पत्रकार महासंघ यूकेकी पहिलो महिला अध्यक्ष विमला सेनेलाई पनि सम्मान गरिएको थियो ।
अध्यक्ष मेजर रिटायर्ड योगेश कोयु राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव फारम बहादुर दूराले गरेका थिए ।