एजेन्सी । हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनबाट हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न नपाउने निर्णयपछि यसकाविरुद्ध विश्वविद्यालय प्रशासन अदालत पुगेको हो ।
विश्वविद्यालयमा पढ्न विदेशी विद्यार्थीलाई रोक लगाउने निर्णयको २४ घण्टा नबित्दै ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरिएको हो ।
बिहीवार भएको निर्णयलाई लिएर विश्वविद्यालयले हिजो ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको बीबीसीले जनाएको छ ।
हार्वर्डका अध्यक्ष डा.एलन एम गार्बरले ट्रम्प प्रशासनको गैरकानूनी र अनुचित कार्यको निन्दासमेत गर्नुभएको छ ।
ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अनुमति खारेज गरिएको थियो । यो कदमले हार्वर्ड र ट्रम्प प्रशासनबीच केही महिनादेखि चलिरहेको द्वन्द्वलाई थप चर्काएको छ ।
ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदीविरोधी गतिविधिको अन्त्य गर्न र त्यसलाई सम्बोधन गर्न क्याम्पसको कार्यक्रम, नीति, नियुक्ति र भर्ना प्रणालीमा परिवर्तन गर्न माग गर्दै आएको छ ।