,

हाक्पारे, ख्याली र धान नाच्दै वेलायतवासी याक्थुङहरु,

Bimala Sene Avatar

वेलायत–गत सनिवार आसफोर्ड, केन्टको सेन्ट साइमन चर्च हाक्पारे, पालाम , साम्लो र च्याव्रुङको घुनले गुन्जायमान भऐको थियो । लिम्वु गरगहना र पहिरनमा सजिएका याक्थुङ महिला र पुरषहरु आपmनो परम्पारगत धान नाच्न र पालाम गाउनमा मस्त देखिन्थे । यो दृष्य देख्दा पुर्वी नेपालको पहाडी भेगमा लाग्ने पुसेमेला, त्रीशलीमेला वा मदन मेलाको झल्को दिन्थ्यो । सेवारो कलाकार संघ युकेले आयोजना गरेको सांसस्कृतिक कार्यक्रममा वेलायतमा वस्ने  लिम्वुहरुले यो अवसर प्राप्त गरेका हुन् ।

वेलायत भ्रमणमा रहेका नेपालका ख्याती प्राप्त पालाम, हाक्पारे गायक तथा मोडल जीवन केदेमको सम्मानमा आयोजित सो सांस्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुले समेत भाग लिएका थिए । भक्ति आङदेम्वे, दिलु मादेन, माक्सोती ओख्रावो, राजेन नेम्वाङ, भगवती थलङ, हेम लिम्वु, गंगा लिम्वु लगायतका कलाकारहरुले च्याव्रुङ नाच, धान नाच, हाक्पारे थक थाक्मा केलाङ, ताम्के साम्लो गाएका थिए भने कलाकार कलाकार भक्ति आंङदेम्वेको अगुवाईमा याक्थुङ समुदायमा लोप हुन लागेको लाङवा उङवा र तुरुप्पे नाचहरु प्रस्तुत गरेका थिए । उक्त सास्कृतिक कार्यक्रमलाई सानु सुव्वाले विशुद्ध लिम्वु भाषामा आकर्षक रुपमा संचालन गरेकी थिईन ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा सगरमाथा नेपलीज कम्युनिटी, आसफोर्ड युकेका अध्यक्ष डम्वर सिङगक उपस्थित थिए । उनले कार्यक्रममा वोल्दै सेवारो कलाकार संघले लिम्वु कला र सस्कृतिको लागि गरेको योगदानको कदर गर्दै अझै राम्रो कार्यक्रमहरु आयोजना गर्न सुभकामना दिएका थिए । अध्यक्ष दुर्गा पाङमाको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार जीवन केदेमलाई प्रशंसा पत्र तथा गलवन्दि ओढाएर सम्मान गरिएको थियो । सम्मान ग्रहण पछि वोल्दै केदेमले हरेक कलाकारको रुट भनेको उसको संस्कार सस्कृती र कला हो , याक्थुङहरु प्रकृति पुजक भएकोले धर्तीआमालाई खुशी वनाउन सकेनौ भने हाम्रो पहिचान मेटिदै जान्छ । यसरी विदेशमा पनि आफनो पहिचानलाई जोगाउने महत्वपुर्ण योगदानको लागि सेवारो कलाकार संघ युकेलाई धन्यवाद दिदै सवैलाई एकजुट भएर अगाडि वढन आवह्वान गरे । सोही कार्यक्रममा किरात याक्थुङ चुम्लुङ आसर्फोड साखा र थामेन्दिङमा चुम्लुङ युकेले पनि केदेमलाई आर्थिक उपहार दिदै सम्मान गरेको थियो । सस्थापक अध्यक्ष काजीमान याक्सोेले कार्यक्रमलाई सम्वोधन गर्दै सेवारो कलाकार संघ स्थपनाको उध्येश्य तथा यसले गरेको कार्यहरुको वारेमा चर्चा गरे ।

संघका महासचिव जय मादेम्वाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विमला लिम्वुले गरेकी थिइन । कार्यक्रममा अध्यक्ष दुर्गा पाङमाले नेपाल पत्रकार महासंघ युकेकी नव निर्वाचित अध्यक्ष विमला सेनेलाई सिलाम साक्मा लगाएर वधाई तथा सम्मान गरेकी थिइन भने किरात याक्थुङ चुम्लुङ युके केन्द्रिय कार्य समितीमा चयन भएका उपाध्यक्ष सानु सुव्वा र सहसचिव सकुन्तला नेम्वाङलाई पनि सिलाम साक्मा लगाइदिएर वधाई तथा कार्य सफलताको कामना गरिएको थियो । साथै नया सदस्यता प्राप्त गर्ने कलाकारहरुलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा लिम्बुवान नागरिक समाज युकेका अध्यक्ष छत्र वनेम, थामेन्दिङ चुम्लुङका अध्यक्ष मन माया नेम्वाङ, नेपाली कलाकार प्रस्तोता समाजका महा सचिव गंगाराज राई, के वाई सि यु के आश्फोर्ड साखा अध्यक्ष सुन्दर लिङ्थेप, लगायत वेलायतमा रहेको लिम्वु समुदायको वाक्लो उपस्थिती रहेको थियो ।

२०१२ मा स्थापना भएको सेवारो कलाकार संघले वेलायतमा रहेका लिम्वु कलाकारहरुलाई संगठीत गरी याक्थुङ, भासा, कला, संस्कृतिको जर्गेना र पुस्ता हस्तानतरणमा योगदान गरिरहेको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search