,

स्वर्गीय आङ कलजंग लामाप्रति (ओएनएफ) को श्रद्धाञ्जली

Bimala Sene Avatar

लन्डन । प्रवासी नेपाली मंच यूकेले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय आङ्ग कलजंग लामाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

आइतबार ओएनएफ यूके अध्यक्ष तुङ्ग भुसालको अध्यक्षतामा नर्थ ह्यारोस्थित नर्थ ह्यारो होम गार्ड क्लवमा स्वर्गीय लामाको श्रद्धन्जली सभाको आयोजना गरि स्वर्गीय कलजङ्ग प्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो । सो आवसरमा स्वर्गीय कलजङ्गको फोटोमा माल्र्यापण गरिएको थियो ।

श्रद्धाञ्जली सभामा सहभागिहरुले स्वर्गीय लामाले बेलायतस्थित नेपाली समाजमा पु¥र्याएको योगदानको उच्च मूल्यांकन गरेका थिए । पार्टी विशेषको मात्र नभई सामाजिक अभियन्ताका रुपमा समेत चिनिएका स्वर्गीय लामा साझा व्यक्तित्वका रुपमा रहेको वक्ताहरुले बताएका थिए ।

पत्रकार महासंघ यूकेकी अध्यक्ष विमला सेनेले संस्थापक लामालाई गुमाएर (ओएनएफ)ले अपुरणीय क्षति व्यहोरेका बताएका छन् । साथै श्रद्धाञ्जली अर्पण गरेर मात्र लामा प्रतिको श्रद्धा सुमन अपुरो हुने बताउदै अध्यक्ष सेनेले लामाले देखेका सपना र परिकल्पनालाई साकार बनाउन उनको मार्गदर्शनलाई अनुसरण गर्न सके मात्र उनी प्रतिको श्रद्धासुम सच्चा ठहरिने बताए ।      

नेकपा एमाले पूर्व सांसद तथा केन्द्रीय सदस्य सूर्य पाठकले लामाले प्रवासी नेपाली समाजमा निर्वाह गरेको भूमिकाको चर्चा गर्दै प्रवासका समस्याहरु समाधान गर्न लाग्ने प्रतिबद्धता व्यक्त गरे । प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटि सदस्य तथा यूके इन्चार्ज सरस्वती केसीले स्वर्गीय लामाको सरल बानी व्यवहारका कारण साझा व्यक्तिका रुपमा सबैले उनलाई लिने गरेको स्मरण गरिन् । उनले लामाले डायस्पोराको नेपाली समाजमा दिएको योगदान कहिल्यै भुल्न नसकिने बताइन् ।

ओएनएफ यूके अध्यक्ष तंगुभद्र भुसालले स्वर्गीय लामा सरल स्वभाव र  लोकतान्त्रिक आचरणका व्यक्ती भएको र जस्तोसुकै परिस्थितिमा सबैलाई मिलाएर लैजान सक्ने नेताका रुपमा आफुले पाएको बताए । उनले स्वर्गीय लामा जस्ता व्यक्तीहरु डायस्पोराको नेपाली समाजमा अझै आवश्यक रहेकाले आफुले दैनिकरुपमा लामालाई  सम्झिने गरेको बताए । ओएनएफ यूकेका पूर्व अध्यक्ष भक्त गुरुङ र पूर्व अध्यक्ष सुरेन्द्र थपलियाले पनि स्वर्गीय लामाको योगदानको चर्चा गरेका थिए ।

नेकपा माओवादीमाओवादी केन्द्र पश्चिम अन्तरदेशिय प्रबास प्रदेश समिति उपसंयोजक तथा यूरोप इन्चार्ज रण खाती क्षेत्रिले स्वर्गीय लामा एमाले पार्टीको मात्र नभई सबैको साझा व्यक्तीको रुपमा आफुले पाएको बताए । बेलायतस्थित नेपाली राजदुतावासकी उपनियोग प्रमुख रोशन खनालले पनि लामा प्रति श्रद्धान्जली व्यक्त गरेकी थिइन् । त्यस्तै, प्राध्यापक कृष्ण उपाध्यायले पनि स्वर्गीय लामा प्रति श्रद्धान्जलीसहित उनको योगदानको चर्चा गरे ।

स्वर्गीय लामाकी श्रीमति माया लामासहित छोराहरु पेम्मा र कर्मा लामा श्रद्धान्जली सभामा उपस्थित थिए । परिवारका तर्फबाट बोल्दै स्वर्गीय लामाका छोरा कर्मा लामाले स्वर्गीय बुवाप्रति श्रद्धान्जली सभा आयोजना गरेकोमा ओएनएफ यूकेलाई धन्यवाद दिए ।

सो अवसरमा स्वर्गीय लामाको अन्तिम इच्छा अनुसार उनले अध्ययन गरेको दोलखास्थीत श्री गर्जाढुङगा माध्यमिक विद्यालयमा ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ । उक्त रकम स्थानीय व्यवस्थापन समिति, स्वर्गीय लामाकी धर्मपत्नी माया लामा र ओएनएफ यूकेको सहमतिमा चल्ने गरि कोष स्थापनाको कार्यविधि बनाइनेछ ।  नेपाल भ्रमणमा गएका बेला गत १४ मे २०२४ मा हृदयाघातका कारण लामाको निधन भएको थियो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search