सौर्य एअरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक प्रतिवेदन : मापदण्ड पालना नहुनु मुख्य कारण

Bimala Sene Avatar

काठमाण्डौ – गएको साउन ९ गते पोखराका लागि उड्दै गर्दा त्रिभुवन विमानस्थलमै दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाज दुर्घटना हुनुमा मापदण्ड पालना नहुनु मुख्य कारण रहेको दुर्घटना जाँच आयोगले उल्लेख गरेको छ ।

आयोगले मन्त्रालयलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा जहाजको तौलमा ध्यान नदिएको, जहाजको लोड अनुसारको गति र उडान प्रक्रियामा त्रुटि रहेको उल्लेख गरेको हो । पाँच सेकेन्डमा ५० फिट उचाई लिएको जहाज २१ सेकेण्डमा जहाज घुमेकाे र सय फिट माथी पुगेर टेक अफ गरेको २९ सेकेन्डमै झरेको प्रतिवेदनमा उल्लेख छ ।

दुर्घटना जाँच गर्न नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले हिजो पर्यटनमन्त्री बद्री पाण्डेलाई प्रारम्भिक प्रतिवेदन बुझाएको हो ।

प्रारम्भिक प्रतिबेदनले सबै वायुसेवा कम्पनीहरुलाई तत्काल स्पिडकार्डको विषयमा समिक्षा गर्न, कार्गो ब्यागेज हेन्डलिङको मापदण्ड अनिवार्य गर्न र नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान प्रक्रियालाई समीक्षा गर्न सुझाव दिएको छ । सौर्यको जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । दुर्घटनामा क्याप्टेनमात्रै बाँच्न सफल भएका थिए । 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search