प्रधानमन्त्री सुशील कोइरालाले विदेशी दाताहरुले प्रचार बढी सहयोग कम गरेको आरोप लगाउनुभएको छ। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबार सिद्धार्थ बैंकले दिएको एक करोड दश लाख बुझ्दै प्रधानमन्त्री कोइरालाले यस्तो बताउनुभएको हो। भूकम्प पीडित नेपालीकालागि सहयोग गर्ने प्रतिबद्धता जनाएका केही विदेशी दातृ निकायले अहिलेसम्म सहयोग नदिएको उहाको भनाई छ। प्र्रधानमन्त्री कोइरालाले मित्रराष्ट्रहरुले पनि सहयोग घोषणा गरेको रकमबाटै आफ्ना सेना, हेलीकोप्टर र कुकुरको खाना खर्च कटाएको बताउनुभयो।
प्रधानमन्त्री कोइरालाले मित्रराष्ट्रहरुको यस्तो हिसाबले भूकम्प पीडित जनताले सहयोग पाउन नसकेको धारणा राख्नुभयो। विदेशीले घोषणा गर्ने र आफुखुसी खर्च गर्दा जनताले सरकारलाई गाली गरेको उहाको भनाई छ। प्रधानमन्त्री कोईरालाले प्रधानमन्त्री दैवी उद्धार राहत कोषमा जम्मा भएको रकम भने दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभयो।