प्रधानमन्त्री सुशील कोइरालाले आफुले राहतको रकमको अनियमिता गरेको प्रमाणित भए जेल जान तयार रहेको बताउनुभएको छ। सोमबार प्रधानमन्त्री निबास बालुवाटारमा बिभिन्न संघ संस्थाको राहत ग्रहण गर्दे उहाले आफुले राहतको रकमको दुरुपयोग हुन नदिने भन्दै
अनियमिता गरेको प्रमाणित भए जेल जान तयार रहेको बताउनुभएको हो। उहाले राहत बितरणको सरकारले शुष्म ढंगले अनुगमन गरिरहेको उल्लेख गर्नुभयो। कसैपनि राहत रकममा हिनामिना गरेको पाईए कडा कारवाही गर्ने उहाको भनाई छ। प्रधानमन्त्री कोईरालाले भूकम्प प्रभावित स्थानमा राहत पुराउने कार्य निरन्तर रहेको बताउनुभयो। कार्यक्रममा प्राईम बैंकले ५० लाख , नेपाल सुनचादी व्यबसाय संघले २५ लाख तथा अन्य संघसंस्थाहरुले प्रधानमन्त्री राहतकोषलाई राहत दिएका थिए।