,

सुडानमा विद्रोही समूहको आक्रमणमा २० जनाको मृत्यु, १७ घाइते

Bimala Sene Avatar

एजेन्सी । पश्चिमी सुडानको एल फसार सहरका दुई शरणार्थी शिविरमा विद्रोही अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले गरेको आक्रमणमा कम्तीमा २० नागरिकको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन्।

“विद्रोही अर्धसैनिक आरएसएफले स्कूलमा चार बम खसालेको छ। साथै, आज बिहान उत्तरमा रहेको अबु शौक विस्थापन शिविरमा विद्रोही अर्धसैनिक आरएसएफले गोलाबारी गरे, जसमा एक नागरिकको मृत्यु भयो र एक केटी घाइते भए,” उत्तरी डार्फर राज्यका स्वास्थ्य महानिर्देशक इब्राहिम खातिरले बताए।”

विद्रोही अर्धसैनिक आरएसएफले एल फशरमा भएका दुई घटनाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। उत्तरी डार्फर राज्यको राजधानी शहर एल फशरमा मे १० देखि सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफबीच भीषण झडप भइरहेको छ।

अन्तरराष्ट्रिय संस्थाहरूको पछिल्लो अनुमानका अनुसार, सुडान मध्य अप्रिल सन् २०२३ देखि विनाशकारी द्वन्द्वको चपेटामा छ। यसले कम्तिमा २९ हजार ६८३ जनाको ज्यान लिइसकेका तथा १४ लाख भन्दा बढी मानिसहरूलाई विस्थापित गरेका छन्।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search