एजेन्सी । सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल-असदबाट सिरिया मुक्त भएको घोषणा गरेका छन् । विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको छ र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएका छन् । रुसी रक्षामन्त्रीले राष्ट्रपति असदले देश छाडेको बताएका छन् । असदले एक विमानमार्फत् दमास्कस छाडेको विवरण आए पनि उनी कहाँ गएका हुन् भन्ने प्रस्ट भएको छैन ।
सिरियाको विद्रोही फौजले पनि राष्ट्रपति असद देश छाडेर भागेको जनाइएको छ। असदको २५ वर्ष लामो शासनको अन्त्यलाई कैयौँ पश्चिमा राष्ट्रहरूले स्वागत गरेका छन् ।
सोसल मिडियामा देखा परेका अपुष्ट भिडिओ फुटेजहरूमा असदका विरोधीलाई यातना र मृत्युदण्ड दिने गरिएको त्यहाँको कुख्यात सनाय जेलबाट हजारौँ बन्दीहरू मुक्त पारिएको देखिन्छ।
विद्रोहीहरूले देशको तेस्रो ठूलो सहर होम्सलाई “पूर्ण रूपबाट स्वतन्त्र पारेको” बताएको केही घण्टामा उनीहरू राजधानी प्रवेश गरेका हुन्।
विद्रोही फौज दमास्कस प्रवेश गरेसँगै त्यहाँको सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको थियो।#विविसी