काठमाडौं । घरेलु हिंसा पीडित भनेर बताउँदै आएकी विनु यादवले सर्वोच्च अदालत अगाडिको बोर्डमा कालो रंग छ्यापेर विरोध प्रदर्शन गरेकी छिन्। उनलाई पक्राउ गरिएको छ।
प्रहरीले पछि बोर्डमा लागेको रंग पानीले सफा गरेको छ।
रामेछापका पुरूषले आफूमाथि बलात्कार गरेको भन्दै उनले प्रहरीमा जाहेरी दिएकी थिइन्। तर प्रहरीले जाहेरी नै गायब पारेको आरोप छ।