सप्तकोशी नदिमा खसेको बसका सबै यात्रुको सकुशल उद्धार

Bimala Sene Avatar

विराटनगर । आज साँझ कोशी ब्यारेजबाट सप्तकोशी नदिमा खसेको यात्रुबसका सबै यात्रुको सकुशल उद्धार गरिएको छ ।

विराटनगरबाट उदयपुरको गाईघाटतर्फ हिँडेको को १ ख ४६०१ नम्बरको नर्सिङ डिलक्स बस साँझ करिब ६ बजे यात्रुसहित सप्तकोशी नदीमा खसेको थियो ।

बस खसेको स्थानमा पानीको बहाब धेरै नभएकोले बसमा रहेका सबै यात्रुको सकुशल उद्धार गरिएको छ । बसका सबै यात्रुहरुको सकुशल उद्धार गरिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।

बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बीचबाट झरेको थियो । सुनसरीका प्रहरी प्रवक्ता नवीकृष्ण भण्डारीका अनुसार सबै यात्रुको सकुशल उद्धार गरेर उपचारको लागि पठाएको जानकारी दिए ।

बस अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको थियो । तत्काल सबै यात्रुको उद्धार गरिएकोले मानबीय क्षति नभएको प्रहरीले जनाएको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search