,

सगरमाथा संवादमा १ सय ७५ जना विदेशी पाहुना सहभागी हुने

Bimala Sene Avatar

काठमाण्डाै – आउँदो शुक्रवारदेखि शुरू हुने सगरमाथा संवादमा एक सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् ।

सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा एक सय ७५ जना विदेशी पाहुनासहित तीन सय ५० जना सहभागी हुने जानकारी दिनुभएको हो । संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीसँग ‘साइडलाइन’ भेटवार्ताको व्यवस्था गरिएको बताउनुभयो ।

मन्त्री राणाका अनुसार संवादको तयारी अन्तिम चरणमा पुगेको छ । तयारी स्वरूप सरकारले १० वटा पूर्वसंवाद कार्यक्रम आयोजना गरेको बताउनुभयो । तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने परराष्ट्रमन्त्री राणाले जानकारी दिनुभयो ।

चीन र भारतबाट प्रतिनिधित्व गर्ने र कोप–२९ का अध्यक्ष एवम् अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ । एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापुहरूमा भएको हानि र क्षति, लैङ्गिक र अन्तरपुस्तागत समानता लगायतका १२ वटा विभिन्न विषयमा छलफल हुनेछ ।

कार्यक्रमको मुख्य उद्देश्य जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल गर्नुरहेको परराष्ट्रमन्त्रीले बताउनुभयो । सगरमाथा संवाद ‘जलवायु परिवर्तन : हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित सञ्चालन भइरहेको सरकारले जनाएको छ ।

यसैबीच सगरमाथा संवाद सचिवालयका सदस्य सचिव एवम् वन तथा वातावरण मन्त्रालयका सह सचिव डा. महेश्वर ढकालले जलवायु परिवर्तनको मुद्दा प्राविधिकसँग राजनीतिक विषय पनि भएकोले त्यहीअनुसार छलफल गरिने बताउनुभयो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search