दलहरुबीच देखिएका थप केही विवाद मिलाउन बसेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति अन्तर्गतको उपसमितिको बैठक लम्बिएको छ। उपसमितिका एक सदस्यका अनुसार, प्रस्तावनामा बहुलवाद राख्ने वा नराख्ने भन्ने विषयमा विवाद भएपछि छलफल लम्बिएको हो। यसअघि १६ बुँदे सहमतिमा बहुलवाद नराख्ने सहमति भएपनि फेरि दलहरुले किचलो झिकेका हुन्। उपसमितिमा छलफल लम्बिएसंगै १ बजे बस्ने भनिएको संवाद समितिको बैठक साझ मात्र बस्ने भएको छ। यसअघि उपसमितिमा छलफल जारी रहेको भन्दै विहान १० बजेका लागि बोलाइएको संवाद समितिको बैठक अपरान्ह १ बजेसम्मलाई स्थगित गरिएको थियो। संवाद समितिको बैठक अनिश्चित बनेपछि आजै ३ बजेका लागि बोलाइएको संविधानसभाको बैठक समेत साँझ ६ बजेलाई सारिएको छ।
} else {