शेरबहादुर सुनारलाई ‘मिडिया पर्सनालिटी अफ द इयर’ को सम्मान

Bimala Sene Avatar

लन्डन । बेलायतवासी समाजसेवी शेरबहदुर सुनार ‘मिडिया पर्सनालिटी अफ द इयर-२०२४’ बाट सम्मानित भएका छन् ।

नेपाल ब्रिटेन डटकमको १७औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित विशेष समारोहमा समाजसेवी सुनारलाई उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ आईसीसी अध्यक्ष डा. बद्री केसीलगायतले सम्मान गरे । 

मिलनसार, मृदुभाषी र एनआरएन अभियानमा लामो समयदेखि अहोरात्र खटिएका सेरबहादुर सुनार बेलायतका लोकप्रिय समाजसेवी हुन्। 

सुनार भूपू गोर्खा मुद्दा, गैर आवसीय नेपाली नागरिकताको सवाल, बेलायतका नेपालीका हकहित, एनआरएनए कार्यालयजस्ता महत्त्वपूर्ण मुद्दालाई आफ्नो प्राथमिकतामा राखेर सामाजिक  क्षेत्रमा सक्रिय छन् । उनी २७ वर्षदेखि बेलायतमा बस्दै आएका छन् । 

सुनारले बेलायतस्थित विभिन्न नेपाली सामाजिक संघसंस्थामा काम गरेका छन। सृजनशील नेपाली समाज यूके र गोर्खाज इन्टेक १९८५ का संस्थापक अध्यक्ष, एनआरएनए बेलायतका पूर्वप्रमुख संरक्षक भइसकेका सुनार हाल सृजनशील नेपाली समाज बेलायत, शिव मन्दिर अल्डरसट, युवा विश्वहिन्दु महासंघ बेलायत र अल्डरसट भलिबल क्लबको संरक्षक छन् । दर्जनभन्दा बढी संस्थामा महत्त्वपूर्ण जिम्मेवारी बहन गरिसकेका छन् । उनी एनआरएनए  यूकेमा स्थापनाकाल देखिनै आबद्ध छन् । 

बेलायती सेनामा बर्दीमा १८ वर्ष र त्यसपछि २१ वर्ष बर्दीबिना मिनिस्टरी अफ डिफेन्समा (REME) रोयल इलेकट्रिकल मेकानिकल इन्जिनियरको काम गर्दै आएका छन् । हेल्प नेपाल नेटवर्कको सहयोगार्थ आयोजित परोपकारी कार्यक्रमको उपसंयोजक भएर एकै रातमा १ करोड रुपैयाँ उठाउन सहयोग गरेका थिए । 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search