,

शेख हसिनाको पासपोर्ट रद्द

Bimala Sene Avatar

एजेन्सी । निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द भएको छ।

बंगलादेशले मंगलबार उनीसहित ९७ जनाको पासपोर्ट रद्द गरेको द हिन्दुले जनाएको छ। गत जुलाईदेखि अगष्टसम्म बंगलादेशमा आरक्षणविरूद्धको विद्यार्थी आन्दोलन भएको थियो।

आरक्षणविरूद्धको आन्दोलन सरकारको नियन्त्रणबाहिर भएपछि गत अगस्ट ५ (साउन २१ गते) मा हसिनाले देश छाडेकी थिइन् । ‘पासपोर्ट विभागले मानिस बेपत्ता पार्ने घटनामा संलग्न २२ जना र हत्याका घटनामा संलग्न रहेको आरोपमा हसिनासहित ७५ जनाको पासपोर्ट रद्द गरेको हो,’ अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसका प्रेस सल्लाहकारले भने।

युनुसले सरकार प्रमुखको रूपमा शपथ लिँदा नै पासपोर्ट रद्द गर्ने बताएका थिए। हसिनाको पासपोर्ट रद्द भएसँगै भारतमा उनको बसाइ कठिन हुने विभिन्न भारतीय सञ्चार माध्यमले जनाएका छन्।

हसिनालाई पक्राउ गर्न बंगलादेशले इन्टरपोलमा पनि रेड कर्नर नोटिसका लागि पत्राचार समेत गरेको थियो। 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search