लन्डन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई लन्डनमा नागरिक अभिनन्दन गरिने भएको छ ।
नेपालको प्रजातन्त्र, मानव अधिकार रक्ष, सुशासन र भ्रष्टाचार नियन्त्रणको पक्षमा लामो समयदेखि पहरेदारी गरेको कार्यको सम्मान स्वरुप आगामी जनवरी १० तारिकमा लन्डनमा डा. कोइरालालाई अभिनन्दन गरिने भएको हो ।
कांग्रेस पार्टीका बरिष्ठ नेता समेत रहेका डा. कोइरालाले बेलायतको संसद भवन भित्र १३ जनवरी २०२५ का दिन एक विशेष कार्यक्रमलाइ समेत संवोधन गर्ने तालिका रहेकाे छ ।