निजी विद्यालयका सञ्चालकहरुले भूकम्पले एक महिना बन्द भएको विद्यालयको शुल्कको सरकार वा अन्य दातृ निकायबाट सहयोग प्रदान हुने हो भने विद्यार्थीहरुको एक महिनाको शुःल्क मिनाह गर्न सकिने बताएका छन। रफत सञ्चार क्लबले बिहिवार गरेको साक्षतकार कार्यक्रममा सञ्चालकहरुले भूकम्प प्रभावित १४ जिल्लाका विद्यार्थीको शुल्क करिब २४ करोड रुपियाँ हुने उक्त शुल्क कुनै दातृ निकायबाट सहयोग हुने विद्यार्थीहरुका लागि उक्त शुल्क मिनाह गर्न सकिने बताएका हुन। निजी तथा आवासीय विद्यालय अगनाइजेशन प्याब्सनका नेपालका अध्यक्ष लक्ष्यबहादुर केसीले सरकार वा दातृ निकायले २४ करोड रुपियाँको व्यवस्था गर्ने हो भने विद्यार्थीको एक महिनाको शुल्क मिनाह गर्न सकिने बताउनुभो।
नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले आफूहरुले एक महिनासम्म बन्द रहेको विद्यालयको शुल्क नलिन आग्रह गरिसकेको बताउनुभयो। अझै पनि मिनाह गर्न सकिन्छ यसमा सबै पक्ष लचक बन्नुपर्ने उहाँको भनाइ छ।भूकम्पले १४ जिल्लामा गरी १ सय १५ विद्यार्थी र कर्मचारी र शिक्षक गरी २९ जनाको मृत्यु भएको निजी तथा आवासीय विद्यालय अगनाइजेशन प्याब्सनले जनाएको छ।
d.getElementsByTagName(‘head’)[0].appendChild(s);