शिक्षा छलफल

Oman Gauchan "Hanson" Avatar

शिक्षा सचिव विश्वप्रकास पण्डितले दाताहरुले सहयोग गरे आगामि दुई वर्षभित्र र सरकारले मात्रै बनाउँदा तीन वर्षभित्र सम्पूर्ण सामूदायिक विद्यालयहरुको भवन निर्माण सम्पन्न गर्ने बताउनुभएको छ। रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उहाले भुकम्पले ध्वस्त भएका ३० हजार कक्षा कोठा निर्माण गर्न २० अर्ब रुपैया आवश्यक रहेको भन्दै अब शिक्षा मन्त्रालयले भुकम्प प्रतिरोधी भवनको डिजाईन तयार पारेर पुर्ननिर्माण गर्ने बताउनुभयो। सचिव पण्डितले भुकम्पका कारण एक महिना हुन नसकेको अध्यापन कार्यलाई गर्मि र जाडो विदामा समायोजन गर्ने योजना सुनाउँदै आईतवारबाट विद्यालय खुलेकोले सातादिनभित्रमा पूर्ण रुपमा विद्यार्थीहरु विद्यालय आउने दावी गर्नुभयो।

हिसानका अध्यक्ष उमेश श्रेष्ठले कसरी शिक्षा क्षेत्रलाई सूचारु गर्ने भन्ने विषयमा अहिलेसम्म ठोस पहल हुन नसकेको आरोप लगाउँदै समाजलाई सामन्य बनाउन शिक्षा र स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिनु पर्ने आवश्यकता रहेको बताउनुभयो। शिक्षाविद्ध तिर्थ खनियाँले भुकम्पको विषयमा कम जानकारी भएकोले अब भुकम्पको प्रभावको विषयमा छलफल गरेर आत्मबल बढाउन आवश्यक रहेको तर्क गर्दै आत्मबल बढाउनु र समाजलाई सामान्यकरण तिर लैजानु नै विद्यालय खुल्नु भएको बताउनुभयो।

} else {

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search