, ,

शक्तिशाली हसिनाको बहिर्गमन, बंगलादेशको लोकतान्त्रिक यात्रा अन्योल

Bimala Sene Avatar

काठमाडौं । बंगलादेशमा आरक्षणविरूद्धको विषयमा चर्किएको सरकारविरोधी आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडिन् । बंगलादेशमा भूतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीतिविरूद्धको आन्दोलन सरकारविरोधी आन्दोलनमा परिणत भएपछि हसिनाको १५ वर्षे सत्ता यात्रामा पूर्णविराम लाग्यो । ७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जित्दै सत्ताको यात्रा गरेकी थिइन । हसिना सन् २००९ देखि निरन्तर सत्तामा थिइन् । १५ वर्षे सत्ता चलाएकी हसिनामाथि शक्तिको दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो । हसिनाले मुलुक छाडेलगत्तै देशको बागडोर सेनाले सम्हालेको छ । यद्यपि सेना प्रमुख जनरल वाकर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् । राजनीतिक संकटबीच राष्ट्रपति, संसद् वा अन्य राजनीतिक तथा संवैधानिक निकायको सट्टा सेनाले अग्रसरता लिएका पछि बंगलादेशको लोकतान्त्रिक यात्रा अनिश्चित बनेको छ  ।

पछिल्लो घटनासँगै करिब दुई दशकपछि फेरि बंगलादेशको सेना सत्ताको केन्द्रमा आइपुगेको छ  । अवामी लिगकी शेख हसिना र बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की बेगम खालिदा जियाबीचको ‘बेगम–युद्ध’ का कारण बंगलादेशमा २००६ मा सेनाले सत्ता हातमा लिएको थियो । तर, २००९ मा निर्वाचनपछि हसिना निरन्तर सत्तामा थिइन् भने खालिदा जियाको दल दमनले सीमान्तकृत भएको थियो ।

सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सैनिकका सन्ततीहरूलाई जागिरमा ३० प्रतिशत आरक्षण दिने नीति ल्याएपछि विद्यार्थीहरू आन्दोलित भए । जुलाइ पहिलो साता बंगलादेशको उच्च अदालतले पनि सरकारको पक्षमा फैसला गरेपछि आन्दोलन चर्किँदै हिंसात्मक बन्यो । तर जुलाई तेस्रो साता अदालतको आदेश उल्ट्याउँदै बंगलादेशको सर्वोच्च अदालतले ३० प्रतिशतको आरक्षणलाई ५ प्रतशित बनाउन आदेश दियो । सर्वोच्चले नै सरकारको निर्णयमा ब्रेक लगाइदिएपछि विद्यार्थीहरूलाई आन्दोलन फिर्ता लिन भनिएको थियो । आन्दोलनकारीलाई घर फर्किन भनिए पनि २०० जना भन्दा बढीको मृत्यु भइसकेको थियो । सयौं घाइते र त्यही हाराहारीमा पक्राउ पनि परेका थिए । विद्यार्थीहरूको आन्दोलनमा समाजका अन्य तप्काका मानिसहरू पनि जोडिएकाले आन्दोलत थप बृहत बन्यो ।

विद्यार्थीहरूले मृतकका परिवारलाई क्षतपूर्ति दिनुपर्ने, घाइते विद्यार्थीको सरकारले उपचार गरिदिनुपर्ने लगायतका माग राख्दै आन्दोलनलाई निरन्तरता दिए । विद्यार्थीको आन्दोलनलाई प्रधानमन्त्री हसिनाले सुरूवातदेखि नै बेवास्ता गर्दै आएकी थिइन् । उनले सेना लगाएरै विद्यार्थीहरूको आन्दोलनलाई दबाउने कोशिस गरेकी थिइन् । फलस्वरुप हसिनाले यो हविगत व्यहोर्नु प¥यो ।

पछिल्ला प्रदर्शन नियन्त्रण गर्न सुरक्षाकर्मीले करिब १० हजार विद्यार्थी र विपक्षी दलका समर्थकहरूलाई पक्राउ गरेका थिए । आइतबारदेखि फेरि सुरु भएको अवज्ञा आन्दोलनका क्रममा विद्यार्थीहरूले सार्वजनिक सवारी र कलकारखाना बन्दको आह्वान गरेका थिए । आन्दोलनको विरोधमा प्रधानमन्त्री हसिनाको पार्टी अवामी लिगले पनि आइतबार देशैभर ¥याली आयोजना गरेको थियो । त्यसक्रममा भएका झडपमा ९४ जनाको ज्यान गएको हो ।

स्थिति नियन्त्रणमा लिन सरकारले आइतबार साँझदेखि अनिश्चितकालीन कर्फ्यु घोषणा गरेको थियो । देशका सबै प्रमुख सहरका साथै, नगरपालिका, औद्योगिक क्षेत्र र सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्किन रोक लगाइएको थियो । तर आदेश अवज्ञा गर्दै सोमबार कम्तीमा ४ लाख प्रदर्शनकारी सडकमा उत्रिएका थिए । गाउँगाउँबाट दसौं हजार आन्दोलनकारी सोमबार राजधानी ढाका पुगेका थिए ।

योसँगै विकसित पछिल्लो घटनाक्रमपछि बंगलादेशको भविष्यबारे भने अनिश्चितता छाएको छ  । सेना प्रमुख जमानले सर्वदलीय सरकार गठन गर्ने घोषणा गरेका छन् । उनले केही दिनभित्रै एउटा समाधान निस्किने अपेक्षा पनि गरेका छन् । यसको अर्थ अन्तरिम सरकारको नेतृत्व कसले गर्छ भन्ने टुंगो लाग्न भने बाँकी छ  ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search