,

विद्यार्थीहरूलाई सम्भावित ठगीबाट सचेत रहन लन्डनस्थित नेपाली दूतावासकाे आव्हान

Bimala Sene Avatar

लन्डन- लन्डनस्थित नेपाली दूतावासले बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई सम्भावित ठगीको शिकार हुनबाट जोगिनका लागि सचेत रहन आव्हान गरेको छ।

शुक्रबार साँझ एक वक्तव्य जारी गर्दै दूतावासले बेलायतका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूमाथि विभिन्न एजेन्टहरूमार्फत् ठगी भइरहेको सम्बन्धमा प्रकाशित समाचारहरुबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘नेपाली विद्यार्थीहरू दशकौंदेखि बेलायतका विश्वविद्यालय र कलेजहरूमा अध्ययन गर्न आइरहेका छन् र यो प्रवृत्ति जारी छ’, दूतावासको वक्तव्यमा भनिएको छ, ‘नेपाली विद्यार्थीहरूलाई बेलायतका विश्वविद्यालय र कलेजहरूमा अध्ययनको व्यवस्था गर्ने वाचा गरेर ठग्नु निन्दनीय र कसुरजन्य छ।’

विद्यार्थीहरू ठगी गर्नेहरूलाई कारवाहीको लागि आवश्यक  कदमहरू चाल्न नेपाल र बेलायतका सम्बन्धित निकायहरूसंग समन्वय भइरहेको दूतावासले जनाएको छ ।  

सम्भावित ठगीको जोखिमबाट जोगिन आवश्यक सचेतना अपनाउन पनि दूतावासले विद्यार्थीहरूलाई आग्रह गरेको छ।  

‘दूतावासले यहाँ अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आफू इच्छुक विश्वविद्यालय र कलेजहरू मान्यता प्राप्त छन् भनेर सुनिश्चित गर्न र शुल्क संरचना, भर्ना प्रक्रिया र अन्य सम्बन्धित विषयहरू बारेमा पर्याप्त जानकारी लिन आग्रह गर्दछ’ वक्तव्यमा उल्लेख छ। 

दूतावासको वक्तव्य: 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search