,

लेफ्टेनेन्ट कर्नेल टोलबहादुर खाम्चा मगर बेलायतका राजाको आन्तरिक सुरक्षा दलमालेफ्टेनेन्ट कर्नेल टोलबहादुर खाम्चा मगर

Bimala Sene Avatar

लन्डन । ब्रिटिस आर्मीबाट अवकाश प्राप्त लेफ्टेनेन्ट कर्नेल टोलबहादुर खाम्चा मगर बेलायतको राजा चार्ल्स तृतीयको आन्तरिक सुरक्षा दल (किङ्स गार्ड)मा आबद्ध भएका छन् । उनी विभिन्न चरणको छनोट प्रकृयाहरु पार गर्दै राजा चार्ल्स तृतीयको आन्तरिक दलमा छनोट भएका हुन्। यसरी बेलायतको राजसंस्थाको आन्तरिक सुरक्षा दलमा आबद्ध हुने खाम्चा मगर पहिलो नेपाली तथा गोर्खाली हुन् ।

कर्नेल खाम्चा मगरले २० फेब्रुअरी २०२५ देखि आपनो कार्यभार सम्हाल्ने बताएका छन् । गोर्खालीहरु ब्रिटिस आर्मीमा सेवा गरेको २१० वर्षको इतिहासमा टोल खाम्चा चौथो लेफ्टेनेन्ट कर्नेल हुन् । यसभन्दा पहिला लालबहादुर पुन, विजय रावत, यामबहादुर राना लेफ्टिनेन्ट कर्नेलको दर्जामा पदोन्नति भएर पनि निवृत्त भइसकेका छन्।

स्वर्गीय पिता चन्द्रवीर खाम्चा र माता नरमता खाम्चाको कोखबाट स्याङ्जा जिल्ला शिरकोट करादिमा वि.स. २०२५ मा टोलबहादुर खाम्चाको जन्म भएको हो । तोल खाम्चाको प्रारम्भिक शिक्षा गाउँमा आफ्नै जग्गामा बाबाको सक्रियतामा बनेको स्कुलमा कक्षा तीनसम्म, पैयुँखोला हटियामा अवस्थित श्री जनसेवा निम्न माध्यमिक विद्यालयमा चार कक्षामा अध्ययन गरेका थिए । 

खाम्चा मगरले संसारका विभिन्न मुलुकहरुको भ्रमण गरिसकेका छन् । जस्तै: नेपाल, भारत, बेलायत, अमेरिका, हंगकंग, ब्रुनाई, सिंगापुर, थाइल्याण्ड, मलेसिया, फिजी, कतार, इराक, दुवई, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, साइप्रस, केन्या, बेलिज, बोजनिया, फ्रान्स, स्पेन, बेल्जियम, हल्याण्डलगायत युरोपका बिभिन्न मुलुकहरु तथा संसारका थुप्रै देशहरुको भ्रमण गरिसकेका छन् ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search