सरकारका मुख्य सचिव लीलामणि पौडेलले राहत वितरणमा सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । निजी क्षेत्रलाई राहत विरणमा सरकारले नरोकेको भन्दै समन्वयका साथ अघि बढ्न पौडेलले आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर राहत वितरण गर्न दाताहरुलाई पौडेलले आग्रह गर्नुभएको छ ।