,

लन्डन न्यू इयर डे परेडमा पहिलोपटक प्रदर्शन हुंदै नेपाली कला, संस्कृति

Bimala Sene Avatar

लन्डन- अंग्रेजी नयाँ वर्षमा लन्डनमा आयोजना हुने विश्व प्रतिष्ठित परेडमा पहिलोपटक बेलायतस्थित नेपाली समुदायले पनि भाग लिने भएको छ । आगामी जनवरी १ तारिख नयाँ वर्षका दिन लन्डनमा आयोजना हुने ‘लन्डन न्यू इयर डे परेड’ मा नेपाली समुदाय पनि सहभागी हुने तयारीमा जुटेको हो ।

लन्डनको रोयल बरो अफ ग्रीनवीचका मेयर जीत रानाभाटको विशेष पहलमा बरोको प्रतिनिधित्व गर्दै स्थानीय नेपालीहरुले परेडमा भाग लिने भएका छन् । साउथ इष्ट लन्डनमा रहेका विभिन्न नेपाली संघसंस्थासमेतको सहभागितामा परेडमा नेपाली भेषभूषा, बाजागासहितका मौलिक कला, संस्कृति झल्काउने प्रस्तुति देखाउने तयारी गरिएको छ ।

परेडमा नेपाली समुदायको सहभागिताको संयोजन गरिरहेका स्थानीय समाजसेवी श्रीचन्द्र गुरुङले परेडमा नेपाली मौलिकता झल्काउने सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गर्ने तयारी भइरहेको जानकारी दिए ।

मिडल्यान्डको कोभेन्ट्रीबाट आउने नौमती बाजादेखि पासा पुचः यूकेको धिमेबाजासम्मका मौलिक नेपाली कलात्मक प्रस्तुति परेडमा देखाइने उनले बताए । एक समूहबाट अधिकतम १ सय जनासम्म सहभागी बन्न पाइने परेडमा भाग लिने नेपालीहरु आ-आफ्नो पहिचान झल्काउने मौलिक भेषभूषामा उपस्थित हुनेछन् ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search