,

लन्डन दूतावासमा अवरुद्ध राहदानी सेवा पुनː सुचारु

Bimala Sene Avatar

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा अवरुद्ध राहदानी सेवा पुन: सुचारु भएको छ । काठमाडौंस्थित विद्युतीय राहदानी प्रणालीमा सुधार आएपछि लन्डन दूतावासले ४ डिसेम्बरदेखि सेवा सुचारु गरेको हो ।

काठमाडौंमा २० नोभेम्बरदेखि सेवा अवरुद्ध भएपछि राजदूतावासले २४ नोभेम्बरमा एक सूचना जारी गर्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सेवा स्थगित गरिएको जानकारी गराएको थियो ।

यस अघि बायोमेट्रिक दिन असमर्थ भएका सेवाग्राहीले यही १३ डिसेम्बर २०२४ भित्र आफ्नो सहजता अनुसार कुनै पनि दिन कार्यालय समयभित्र दूतावासमा उपस्थित भइ आवेदन प्रक्रिया पुरा गर्न दूतावासले आग्रह गरेको  छ ।

अति जरुरी परेका सेवाग्राहीको लागि ७ डिसेम्बर शनिबार सार्वजनिक बिदाको दिन बिहान १० देखि अपरान्ह ४ बजेसम्म बायोमेट्रिक सेवा उपलब्ध हुने समेत दूतावासले जनाएको छ । तर, ५ डिसेम्बर पछिको मिति तय भइसकेका राहदानी आवेदकको हकमा भने पूर्वनिर्धारित मिति र समयमा नै बाँकी प्रक्रिया पुरा गर्न दूतावासको अनुरोध छ ।

राहदानी प्रणालीमाथि खतरनाक साइबर हमला भएपछि ५ मंसिरबाट नेपालस्थित राहदानी विभाग काठमाडौंले राहदानी सम्बन्धि सेवा बन्द गरेको थियो । प्रणालीमा सुधार आएसंगै विभागले २२ वटा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट रोकिएको राहदानी सेवा पुनः सुरु गरेको हो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search