लन्डनमा ह्योल्मो समुदायले मनायो सोनाम ल्होसार

Bimala Sene Avatar

लन्डन—यो सप्ताहन्त सोनाम ल्होसारमय बन्यो बेलायत । विभिन्न संघसंस्थाले २८६१ औं डुल ल्हो सोनाम ल्होसारको अवसर पारेर भिन्नभिन्न कार्यक्रम गरे ।

आज शनिबार केन्ट ह्युल्बा तामाङ समाजले बेलायतको केन्टमा, तामाङ सोसाइटी अफ यूकेले अल्डरशटको एम्पाएर हलमा विविध संस्कृतिक एवं शुभकामना आदानप्रदान कार्यक्रम गरे । 

आजै लन्डनको वेम्ब्लीस्थित क्ले ओवन ब्यांकक्यूटिङ हलमा ह्योल्मो समाज यूकेले एक पृथक एवं अलग शैलीको ल्होसार मनायो ।

कार्यक्रममा ह्योल्मो, गैर ह्योल्मो र तामाङहरु गरि २०० जनाको उपस्थिति थियो । कार्यक्रममा बेलायतको पोर्ट्समथ, बर्मिङ्घम र लण्डनका ह्योल्मोहरु भेला भएका थिए ।  

लामा गुरु बाबुसिंगी लामा र म्हेचुङ लामाको पूजाबाट कार्यक्रम सुरु भएको थियो । लामाद्वय लोसुम दासुम हुन् । लोसुम दासुम बौद्ध परम्परा अनुसार अध्ययनका हिसाबले स्नातक तहका गुरु हुन् ।   

उक्त कार्यक्रममा गायक प्रदीप लामाले आफ्ना सांगीतिक प्रस्तुतिमार्फत उपस्थित सबैलाई नचाए । 

कार्यक्रमको असाध्यै पृथक पक्ष उपस्थित ह्योल्मोहरुको सामूहिक परम्परागत नृत्य ‘स्याब्रु’ थियो ।  

परम्परागत खानाहरुको ब्यवस्थापन गरेका दोर्जे सारमा लामाले खाप्से लगायत परिकारहरु घरबाटै बनाएर उपस्थित सहभागीलाई खुवाएका थिए ।

पेमा लामाको संचालनमा सम्पन्न उक्त कार्यक्रम ह्योल्मो समाज यूकेका अध्यक्ष कर्मा लामाको सभापतित्वमा भएको थियो ।  

उपस्थित सहभागीले स्वादिस्ट खाना र उत्कृष्ट सांगीतिक प्रस्तुतिले कार्यक्रममा मौलिकता झल्किएको अनुभव सुनाएका थिए ।  

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search