लन्डन – लन्डनस्थित वरिष्ठ चार्टर्ड अकाउन्टेन्ट कृष्णप्रसाद दाहाल ‘इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स इन इङ्ल्यान्ड एण्ड वेल्स’ को काउन्सिल सदस्यमा निर्वाचित भएका छन् ।
सन् २०२५ देखि लागू हुने गरी दाहाल चार वर्षका लागि काउन्सिल सदस्य निर्वाचित भएका हुन्। उनी यस सम्मानित निकायमा सेवा गर्ने १२५ ग्लोबल काउन्सिल सदस्यमध्ये एक र पहिलो नेपाली नागरिक हुनेछन्।
दाहालले यसअघि द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ इन्डियाको यूके च्याप्टर अध्यक्ष र एसीसीए–ह्यारो नेटवर्क प्यानलको अध्यक्षका रूपमा काम गरिसकेका छन् । उनी फोकस सोमर अडिट एण्ड ट्याक्स अकाउन्टेन्ट्स यूकेका साथै बलाड्र्स न्यूम्यान चार्टर्ड अकाउन्टेन्ट्सका प्रवन्ध साझेदार पनि हुन् ।
दाहालले नयां भूमिका अन्तर्गत अकाउन्टिङ पेशाको उत्कृष्टताका लागि आफ्नो प्रतिवद्धता जारी राख्दै लेखा परीक्षा र एसुरेन्स संकायको प्रतिनिधित्व गर्ने जनाएका छन्।
‘हाम्रा रणनीति र कार्यक्रमहरूले वर्तमान यथार्थ र भविष्यका चुनौतीहरू दुवैलाई प्रतिबिम्बित गर्ने सुनिश्चित गर्न लेखापरीक्षकहरू र सरोकारवालाहरूसँग नियमित वार्तालापलाई प्रोत्साहन गर्न म प्रतिबद्ध छु । मेरो लक्ष्य नयाँ प्रविधिहरू अन्वेषण, लेखापरीक्षण दृष्टिकोणलाई परिष्कृत र व्यवसाय तथा नियामकहरूको अपेक्षाहरूसँग तालमेल गर्न पहल गर्ने हुनेछ’, दाहालले भने, ‘म उदीयमान प्रवृत्ति मात्र होइन, लेखापरीक्षकहरूलाई बढ्दो जटिल वातावरणमा फस्टाउन सशक्त रुपमा लाग्नेछु ।’
द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स इन इङ्गल्याण्ड एण्ड वेल्स एक शीर्ष व्यावसायिक लेखा सम्बन्धी निकाय हो जसले लेखा र वित्तको क्षेत्रमा विश्वको सबैभन्दा समृद्ध प्राविधिक स्रोतहरू प्राप्त गर्दछ । यसले विश्वभरका चार्टर्ड एकाउन्टेन्ट र विद्यार्थीहरूको वृत्ति विकासमा सघाउ पुर्याउंछ । सन् १८८० मा ब्रिटिश शाही चार्टरद्वारा स्थापित यो निकायमा अहिले १४६ देशमा २०८,००० सदस्य र विद्यार्थीहरु आबद्ध छन्।