लगातारको भूकम्पले प्रभावित १४ जिल्लामा गरी तीन हजार भन्दा बढी पहिरो गएको छ। तीमध्ये केही पहिरो बढी नै धनजनको क्षति गराउने अवस्थाका रहेको बताईएको छ।
एक संस्थाले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार ६ वटा ठूला पहिरोले नदी थुनिएको छ। यी नदीहरु कुनै बेला फुटन सक्ने र तल्लो क्षेत्रमा ठूलो बाढीपहिरो ल्याउन सक्ने इसिमोडको अध्ययनले देखाएको छ। वैज्ञानिकहरूले मंगलबार गएको भूकम्पले थप पहिरोको सम्भावना बढाएको अनुमान गरेका छन। तीन हजार पहिरोमध्ये अहिले पनि चार सय साना–ठूला पहिरो खसिरहेका छन। दुई सय ५० पहिरोको भने आकार, स्थान र प्रकृतिसहितको विस्तृत विवरण तयार गरिएको छ। मनसुन सुरु भएपछि भूकम्प प्रभावित जिल्लाका तीन हजार सानाठूला पहिरोले थप खतरा निम्त्याउने बताइएको छ।