सरोकारवालाहरुले हुन्डीमार्फत रकम पठाउँदा विदेशी मुद्राको सञ्चितीमा कमी आउने बताएका छन्। हुन्डीबाट रकम पठाउँदा गैरकानुनी बाटोको अवलम्बन गरिएको ठहर हुने र विदेशी मुद्रा सञ्चितीमा कमी आउने भएकाले वित्तीय संस्थामार्फत रकम पठाइदिन सरोकारवालाहरुले आग्रह गरेका छन्। मिडिया इन्टरनेसनलले आईतबार काठमाडौमा आयोजना गरेको ‘भूकम्पपछिको विप्रेषण’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरुले विदेशी मुद्राको सञ्चितीको मुख्य आधार वैदेशिक रोजगारबाट प्राप्त मुद्रा नै भएकाले गलत बाटो अवलम्बन नगर्न अनुरोध गरेका छन्।
नेपालबाट वैदेशिक रोजगारमा जाने क्रम बढ्दो थियो। तर, भूकम्पपछि सो दर घटेको छ। भूकम्पका कारण क्षतविक्षत संरचना पुनःनिर्माणमा युवा जुटेका कारण सो दर घटेको छ। नेपालबाट मलेसिया, कतार र कुबेतमा नेपाली कामदार बढीजसो जाने गरेका छन्। तीन मुलुकमा मात्र ३० लाख नेपाली रहेको बताइन्छ। गत महिना रु ४४ अर्ब विप्रेषण प्राप्त भएको थियो। तर यो महिना रु ४७ अर्ब विप्रेषण प्राप्त भइसकेको छ।
}