काठमाडौँ : सर्वाेच्चको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरीको हिरासतबाट रिहा भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई रिहा गरेको हो।
रिहा भएसँगै उनले भने, ‘तस्करहरूविरुद्धको लडाईं अझै जारी छ, यो लडाईंबाट म भाग्दिन।’ उनले प्रहरी हिरासतमा राम्रो व्यवहार भएको पनि बताए।
प्रसाईंलाई साइबर अपराधको कसुरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरिएको थियो। उक्त कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए।
सर्वाेच्चले रिहाको आदेश दिएपछि उनलाई छोरा निराजनको जिम्मामा हाजीर जमानीमा आज साँझ छाडिएको सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।