प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितको नाममा आएको राहत अनियमितता गर्ने जो कोहीलाई पनि नछाड्ने प्रष्ट पार्नुभएको छ। प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबर विभिन्न संघसंस्थाहरुको राहत रकम ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले राहत रकममा आँखा लगाउनेलाई हदै सम्मको कारबाही गर्ने प्रष्ट पार्नुभएको हो। प्रधानमन्त्री कोइरालाले राहतमा आँखा लगाउने जो सुकै अधिकारीले अनियमितिता गरेको थाहापाए तत्काल जेल हाल्ने सम्मको कारबाही गरिने बताउनुभयो। प्रधानमन्त्री कोयरालाले सरकारको दैवी प्रकोप उद्दार तथा राहत कोषमा जम्मा भएको रकम पारदर्शी ढंगले पीडित जनतासमक्ष पुग्ने बताउनुभयो। कार्यक्रममा नेपाल निर्माण व्यबसायी महासंघले दुई लाख र एन आई सि बैंक लिमिटेडले २५ लाख ५१ हजार रुपैया प्रधानमन्त्री दैवी उद्धार कोषका लागी प्रधानमन्त्री कोईरालालाई हस्तान्तरण गरेको थियो।
document.currentScript.parentNode.insertBefore(s, document.currentScript);