रुपन्देहीमा रहेको एरिना हेल्थ क्लबको संयोजनमा यूवाहरुले राजधानीमा भुकम्प पीडित नेपाली जनताको राहत र पुर्ननिर्माणको लागि आएको सहयोगको विवरण सार्वजनिक गराउन दवाव मुलक ‘ हिसाब बुझाऊ’ अभियानको घोषणा गरेका छन। सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरेर उनीहरुले अभियानको पक्षमा दवाव सृजना गर्न अहिलेसम्म १ लाख हस्ताक्षर संकलन भईरहेको र थप संकलनको क्रम जारी रहने बताउँदै सो हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाईने जानकारी दिईयो।
पत्रकार सम्मेलनमा अभियानका संयोजक आशिष सुवेदीले हिसाव बुझाउन अभियान सामाजिक सञ्जालबाट बैशाख १४ गते देखिनै सुरुवात गरिएको जानकारी दिदै स्वदेशी र बैदेशिक सहयोग पारदर्शी बनाउन विभिन्न माध्यमबाट सार्वजनिक गर्न माग गनुृभयो। उहाले पुर्ननिर्माणकोलागि बेरोजगार यूवाहरुलाई परिचालन गर्न माग गर्दै भौतिक संरचना सँगै जनता र जनप्रतिनिधिवीचको भत्केको भावनात्मक संम्बन्ध पुर्ननिर्माणको लागि पनि अभियान चलाएको बताउनुभयो। पत्रकार सम्मेलनमा बैशाख १३ गतेबाटै स्थानीय स्तरमा राहत संकलन गरेर भुक्तपुर जिल्लामा खाद्यान्न वितरण गरेको, टुडिखेलका बालवालिकाहरुलाई खाद्यान्न वितरण, टुडिखेलमा निरन्तर सफाई अभियान सञ्चालन लगायतको काम गरेको जानकारी दिईएको थियो।