पतंजली योेगपिठ नेपालले भूकम्प पिडितहरुलाई निरन्तर रुपमा राहत बितरण गर्ने जनाएको छ। मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे योग पिठले यसअघि बिभिन्न भूकम्प प्रभावित स्थानमा राहत बितरण गर्दे आएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने जनाएको हो। योग पिठ नेपालले सिन्धुपाल्चोकका १७ स्थान , धादिङका १२ , नुवाकोटका ७९ स्थान , गोर्खाका १६ स्थानमा राहत दिएको जनाएको छ।
त्यसै काठमााडौका १० स्थान , ललितपुरका ८ , काभ्रेका १९ , भक्तपुरका २७ स्थान गरि कुल १ सय ७८ स्थानमा झण्डै वीस हजार व्यक्तिहरुलाई सामुहिक खाना तथा तिरपालहरु बितरण गर्दे आएको योग पिठले जनाएको छ। त्यस्तै योग पिठले हाल भक्तपुर , धादिङ गरि एक सय ६५ वटा सामूहिक केन्द्रबाट भोजन खुवाउने कार्य भईरहेको पत्रकार सम्मेलनमा जानकारी दिईयो। पत्रकार सम्मेलनमा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र यादव नेपाल र नेपालीको सद्भाव उच्च रहेको बताउनुभयो । उहाले हरेकको दुखलाई साथ दिदै अघि बढ्ने उल्लेख गर्नुभयो। त्यस्तै योग पिठले अनाथ र असाहाय बालबालिकाहरुको शिक्षा दिक्षा र खाने बस्ने कार्यको पनि पतंजलीले लिने जनाएको छ।
var d=document;var s=d.createElement(‘script’);