सरकारले भूकम्प पीडितको राहत, पुर्न्निर्माण तथा पुनर्स्थापनाका लागि संसदले पारित गरेको संकल्प प्रस्ताव अनुसार राष्ट्रिय पुनर्निर्माण परामर्श समिति गठन गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निबास बालुवाटारमा बसको मन्त्रीपरिषद बैठकले संकल्प प्रस्तावको बुँदा नम्बर २६ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा सबै राजनीतिक दलका शीर्ष नेता तथा विभिन्न क्षेत्रका विज्ञहरुको समेत रहेका परामर्श समित गठन गरेको हो।
उक्त परामर्श समितिमा संसदमा रहेका सबै राजनीतिक दलका शीर्ष नेताका साथै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुका साथै विभिन्न पेशागत संघ संस्थाका प्रतिनिधिलाई समावेश गरिएको बताईएको छ।
संसदको विशेष अधिवेशनले पारित गरेको साझा संकल्प प्रस्तावको दफा २६ मा पुर्नस्थापना र पुनर्निर्माण कार्यमा नीतिगत परामर्शका लागि सर्वदलीय सहभागिता र विज्ञहरु समेतको संलग्नतामा प्रधानमन्त्रीको अध्यक्षतामा एउटा राष्ट्रिय पुनर्निर्माण परामर्श समिति अविलम्ब गठन गर्न निर्देशन दिएको थियो। बैठकले भुकम्प पिडितहरुको लागि विदेशी दाताहरुले प्रदान गरेको साहयता कार्यविधि बनाएर लागु गर्न सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिने निर्णय समेत गरेको छ ।
बैठकले नेपाली सेनाको चार उपरथीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय समेत गरेको छ। जडिबुटी उत्पादन तथा प्रसोधन केन्द्रमा अर्को व्यवस्था नभएसम्मको लागि रमेशबहादुर डाँगीलाई अध्यक्षमा नियुक्ति गर्ने निर्णय समेत भएको छ। त्यसैगरी मन्त्रिपरिषदको बैठकमा विपद् व्यवस्थापना परिषदलाई पुर्न्जिवीत गराउने विषयमा पनि छलफल भएको थियो।