,

राष्ट्रपति पौडेल र बेलायती युवराज दम्पतीबीच भेटवार्ता, ‘ब्रिटिश गोर्खा’ बेलायत नेपाल सम्बन्धको महत्वपूर्ण कडी- राष्ट्रपति पौडेल

Bimala Sene Avatar

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेसँग नेपाल भ्रमणमा रहनु भएका बेलायती युवराज दम्पतीबीच भेटवार्ता गरेका छन् । बेलालयती युवराज एडवार्ड एन्टोनी रिचार्ड लोइस र उहाँकी धर्मपत्नी सोफी हेलेन रेहसजोन्सले आज शितल निवासम शिष्टाचार भेट गर्नुभएको हो ।

सो अबसरमा मेजर जनरल जी एम स्ट्रिकल्याण्डले ब्रिगेड अफ गोरखाको बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभएको थियो ।

‘ब्रिटिश गोर्खा’ बेलायत नेपाल सम्बन्धको महत्वपूर्ण कडी- राष्ट्रपति पौडेल

साेही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ब्रिटिश गोर्खा सेना बेलायत–नेपाल द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी रहेको बताएका छन् । राष्ट्रपति पौडेलसमक्ष बेलायती सेनाको ‘गोर्खा–ब्रिगेडका’ प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्यान्डले पेश गरेको ‘ब्रिगेड अफ गोर्खा’ को सन् २०२४ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले ब्रिटिश गोर्खा सेनाले जनस्तरको सम्बन्ध सुधारमा पनि योगदान पुर्याएको बताए ।

“ब्रिटिश–गोर्खा हाम्रो द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी हो, जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्न पनि यसले महत्ववपूर्ण योगदान पु¥याएको छ”, राष्ट्रपति पौडेलले भने । राष्ट्रपति पौडेलले सो प्रतिवेदन प्रस्तुत गरेकामा बेलायत सरकारप्रति आभार प्रकट गरे ।

उनले पूर्व ब्रिटिश गोर्खाका केही जायज गुनासा सम्बोधन गर्न गठन भएको ‘द्विपक्षीय संयन्त्र’ मा सकारात्मक छलफल भइरहेको विश्वास समेत व्यक्त गरे। त्यसअघि राष्ट्रपति पौडेलसंग भेट्दै नेपाल भ्रमणमा रहेका बेलायतका अधिराजकुमार एडवार्डले पनि नेपाल र बेलायतबीचको सुमधुर सम्बन्धमा ब्रिटिस गोर्खा सेना कोसेढुङ्गा रहेको उल्लेख गरेका थिए ।

उनले ब्रिटिश सेनामा नेपालले भर्तीका लागि दिएको स्वीकृतिका लागि आभार पनि प्रकट गरे ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search